भारतीय फुटबलर सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल तथ्याङ्कमा स्टार मेस्सीलाई उछिने


२५ जेष्ठ २०७८, मंगलवार
157e7aa544505be4ab0bdaf16e5a4e8c w1000 h500 cp 1

काठमाडौं, २५ जेठ । भारतका फुटबलर सुनिल क्षेत्रीले विश्व चर्चित फुटबलर मेस्सीलाई अन्तर्राष्ट्रिय गोलको तथ्याङ्कमा पछाडि पारेका छन् ।

मेस्सीले हालसम्म अर्जेन्टिनाबाट ७२ गोल गर्दा सुनिल क्षेत्रीले भारतका लागि मेस्सीले भन्दा २ गोल बढी अर्थात् ७४ गोल गरेका हुन् । सोमबार राति भएको विश्वकप छनौट चरणको खेलमा क्षेत्रीले दुई गोलगर्दा उनी मेस्सीभन्दा अगाडि पुगेका हुन् ।

फिफाका अनुसार उनी अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्ताको दोस्रो स्थानमा पुगेका छन् । १०३ गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने सक्रिय गोलकर्ताको सूचीमा १०३ गोलसहित शीर्ष स्थानमा छन् ।

हालै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले चिलीविरुद्ध पेनाल्टीमा गोल गर्दै गोल आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७२ पु¥याउन सफल भएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७