मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने, प्रस्ताव संसद सचिवालयमा दर्ता


२५ जेष्ठ २०७८, मंगलवार
Prithivi subba

पोखरा, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले एकमहिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिनुभन्दा दुई दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् । ६० सदस्यीय सदनमा ५९ जना मात्रै सभासद हुँदा बहुमतको लागि ३० जना भए पुग्थ्यो ।

त्यो संख्या कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २–२ जना जुटाउन विपक्षी तयार थिए । तर, कृष्ण थापा पुनर्बहाली भए । उनले अहिले पनि मुख्यममन्त्री पृथ्वीसुब्बा गुरुङलाई नै सघाउने बताउँदै आएका छन् । मुख्यमन्त्रीसँग एमालेका २७, स्वतन्त्र भनिएका दीपक मनाङे र थापासहित २९ सभासद छन् । सभामुख पूर्व माओवादीका हुन् । उनी बहुमतको खेलमा सामेल हुन पाउँदैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७