२०७८ जेठ २६ गते बुधबारको तपाईको राशिफल


२६ जेष्ठ २०७८, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभ कार्यको चर्चा र नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नजिकको यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च होला, तर आफन्तको साथ मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । रमणीय र सुखद् भेटको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । खानपिनमा विचार गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ जिम्मेवारी पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्ने छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चलाखीपूर्ण बोलीले काम सफल होला । राजनैतिक कार्यमा सफलता मिल्ने छ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कामको योजना बन्ने छ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्य अघि बढ्ने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख मिल्ने छ । शेयर बजारले पनि साथ दिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पनि मिल्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७