चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई दुई लाख राहत


२६ जेष्ठ २०७८, बुधबार
FB IMG 1623221182823 FDUucNf7NW

जनकपुरधाम, २६ जेठ । रौतहटमा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई राहत प्रदान गरिएको छ । जिल्लाको वृन्दावन नगरपालिका–३ का मृतक राम लक्ष्मण महरा भन्ने राम लसन महराका श्रीमती झौरी देवीलाई सिडिओ इन्द्रदेव यादवले बुधबार जिल्ला प्रशासन कार्यालयको कक्षमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

गत वैशाख ९ गतेका दिन ४८ बर्षीय महराको खेतमा गएको समयमा चट्याङ्ग लागि मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७