नेपाल आयो होण्डा सीबी३५० डीएलएक्स मोटरसाइकल, मूल्य साढे ७ लाख


२६ जेष्ठ २०७८, बुधबार
d333235aab40d8bcc0340b209fa638c0 w1000 h500 cp

काठमाडौं, २६ जेठ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सीबी३५० डीएलएक्स सार्वजनिक गरेको छ।

स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेका हुन्। नेपालमा होण्डाको सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ।

सीबी३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कम्पनीको दाबी छ। ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन छ।

मोडर्न फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरैमध्येका केही विशेषताहरु भएको कम्पनीको दाबी छ। सार्वजनिक भएको मोटरसाइकलको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७