मोटरसाइकल चेकजाँच गर्दा भेटियो ३० लाख ७६ हजार, दुई भारतीय नागरिक पक्राउ


२६ जेष्ठ २०७८, बुधबार

महोत्तरी, २६ जेठ । रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

arrest 2 TPdqV0RGAd

बुधबार बिहान रौतहटको रामपुरखापस्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रकमसहित भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७