बालुवाटारमा गोपाल खड्का


१५ फाल्गुन २०७४, मंगलवार
gopal khadka

काठमाडौंं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन २०७४ फागुन १२ गतेका दिन पार्टीका नेता, जनवर्गीय संगठनका अध्यक्षदेखि पदाधिकारी र केन्द्रीय सदस्यहरुको लावालस्कर बालुवाटारमा शुभकामना दिन पुगेको थियो ।

gopal khadka
गोपालबहादुर खड्का

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन भारत र चीनका राजदूतहरु पनि पुगेका थिए । प्रधानमन्त्री ओलीको जन्मदिनमा शुभकामना दिन बालुवाटारमा लामबद्ध भएकाहरुको पंक्तिमा आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ अनियमितता गरेका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पनि थिए ।
५ बर्ष सुशासन कायम गर्ने नाराका साथ प्रधानमन्त्री भएका प्रधानमन्त्री ओलीको जन्मदिनमा शुभकामना दिनका लागि खड्कासमेत बालुवाटारमा देखिएपछि एमाले नेता कार्यकर्ताहरु चकित भएका थिए ।
आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आपूर्ति मन्त्रालयमा हाजिर गराइएका खड्का केपी ओली प्रधानमन्त्री भएपछि निगममा हाजिर हुने भन्दै कर्मचारीलाई तर्साउ“दै घुस असुल्न तल्लीन छन् । उनले नक्सालमा एक फ्ल्याट भाडामा लिएर निगमका कर्मचारीलाई निर्देशन दिने गरेका छन् । उनी यसअघि वाम गठबन्धनले चुनाव जितेपछि बीचौलियामार्फत् धेरै पटक ओली निवास बालकोट पुगेका थिए । प्रधानमन्त्रीको जन्मदिनका दिन पनि तिनै बीचौलियाले खड्कालाई बालुवाटार लगेका थिए ।

rohini khola
तेल भण्डारका लागि साढे ३० करोड रुपैयाँमा खरिद गरिएको भैरहवाको रोहिणी खोलाको बगर ।

आयल निगमको तेल भण्डारणका लागि जग्गा खरिदमा डेढ अर्ब रुपैया“ भ्रष्टाचार गरेको आरोपमा सरकारले बर्खास्त गरेका गोपाल खड्काले ट्यांकर खरिद काण्ड र पेट्रोल पम्प र ग्या“स अनुमति प्रकरणमा पनि बीसौं करोड रुपैयाँ भ्रष्टाचार गरेका थिए । तर तिनै खड्का सुशासन कायम गर्ने प्रतिबद्धतासहित गठन भएको वाम सरकारका प्रधानमन्त्री ओलीले निगममा हाजिर गराउ“छन् भन्दै दौडधूपमा छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको उजुृरी तामेलीमा राख्न भरपूर प्रयास गरे । दीप बस्नेतले जाँदाजाँदै उनको उजुरी तामेलीमा राख्न खोजे पनि आयुक्त सावित्री गुरुङ थापाका कारण सकेनन् ।
अख्तियार प्रमुख बस्नेतले खड्काको उजुरी तामेलीमा राख्नका लागि १५ दिनअघि मात्र अनुसन्धान अधिकृतहरुको संयोजकमा शंकर खत्रीलाई ल्याएका थिए । खड्काको उजुरी तामेलीमा राखी सफाइ दिनका लागि खत्रीलाई अनुसन्धान अधिकृतहरुको संयोजक बनाइएको थियो । खड्काको उजुरीमा अनुसन्धान अधिकृतहरु कानुनका उपसचिव शंकर केसी, लेखाका अधिकृत लेखनाथ भूसाल र प्रहरी निरीक्षक शिव बस्नेत तोकिएका थिए ।

गोपाल खड्कालाई सफाइ दिनका लागि मिडिया मालिक रामेश्वर थापा पनि दौडिरहेका छन् । निगमले दस गुणा बढी मूल्यमा खरिद गरेका सर्लाही र चितवनको जग्गा थापाकै भएकाले पनि उनी कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रभावमा पारी खड्काको उजुरी तामेलीमा राख्ने कोसिसमा छन् । घिमिरेलाई अख्तियारमा आयुक्त आफूले नै बनाएको भन्दै थापा खड्काको उजुरी तामेलीमा राख्ने प्रयासमा लागिसकेका छन्, सोमबारको साँघुले समाचार लेखेको छ ।
मन्त्रालयमा हाजिर गराइएका गोपाल खड्काले निगमको गाडी समेत दुरुपयोग गरेका छन् । निगमको बा १ ञ १८४६ नम्बरको स्वीफ्ट कार ४ महिनादेखि निगमका सवारी चालक हरिशरण कुइकेलले लिएर गएका छन् । उक्त गाडीका लागि इन्धन र मर्मत खर्च लिने तर निगमको काममा कहिल्यै प्रयोग नगरी सवारी चालक कुईकेलले नै निजी प्रयोजनमा लगाउ“दैआएका छन् ।

निगमका सवारुी चालक कुइँकेलले कार्यालय प्रयोजनबाहेकका निजी प्रयोजनमा गाडी दुरुपयोग गर्दा पनि केही कारबााही हुन सकेको छैन । सवारी चालक कुइँकेल गोपाल खड्काका निकै विश्वासिला मानिन्छन् । गोपाल खड्कालाई खुसी पार्नकै लागि प्रशासनका निर्देशक विशाल ओझाले गाडी दुरुपयोग गर्न छुट दिएका छन् । निर्देशक ओझाले निगममा भएका सबै गतिविधिबारे दैनिक गोपाल खड्कालाई नक्सालमै गएर रिपोर्ट बुझाउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७