संसद विघटनको मुद्दामा १५ घण्टा मात्र बहस हुने, चार ‘एमिकस क्युरी’ माग (आदेशसहित)


२६ जेष्ठ २०७८, बुधबार
ami

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा असार दोस्रो साताभित्रै फैसला आउने भएको छ । संवैधानिक इजलासले बहसको समय सीमा समेत तोकेर १५ घण्टाभित्र दुवै पक्षको वहस सकिने गरी समय प्रदान गर्ने आदेश जारी गरेको छ । संवैधानिक इजलासको सहयोगीका रूपमा नेपाल बार र सर्वोच्च बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्यूरीमा पठाउन समेत आदेश जारी भएको छ ।

इजलास समक्ष छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा समय पाउने छन् । सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुने जनाइएको छ ।

कानून व्यवसायीले बढीमा आधा घण्टा मात्र समय पाउने गरी निर्धारण गरिएको छ । यो मुद्दालाई चाँडो किनारा लगाउनु आवश्यक हुँदा निरन्तर सुनुवाइ प्रक्रिया अपनाइने भएको छ । यस हिसाबले सुनुवाइ हुँदा दुई दिनमा फैसला आउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७