प्रदेश–२ सरकारमा तीन मन्त्रालयसहित कांग्रेस पनि सामेल, आजै शपथ


२६ जेष्ठ २०७८, बुधबार
f6bdc01a483cab06ceaeb09b0dd76298 w1000 h500 cp

जनकपुरधाम, २६ जेठ । नेपाली कांग्रेस प्रदेश–२ सरकारमा तीन मन्त्रालयसहित सामेल हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सरकारमा आजै साँझ सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा तीन मन्त्रालयसहित सहभागी हुन लागेको हो । बुधबार मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सरकारमा जाने सहमति भएको हो ।

नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ७ः३० बजे तय भएको छ । माओवादी भने भोलि साँझसम्म सरकारमा सहभागी हुने स्रोेतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७