७ महिना ७ दिनमा यी ३७ वर्षीया महिलाले एकैपल्ट जन्माइन् १० सन्तान


२६ जेष्ठ २०७८, बुधबार
bbdbaa622ae6a93336bfee6063f7418b w1000 h500 cp

काठमाडौं, २६ जेठ । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपल्ट १० सन्तानलाई जन्म दिएको न्युयोर्क पोष्टले जनाएको छ । ३७ वर्षकी जोसियामी थामरा सितहोलले सात छोरा र तीन छोरीलाई जन्म दिएको बताइएको छ ।

सितहोलले डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताए पनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको बताइन् । प्रेटोरिया न्युजसँग उनका श्रीमान तेबोहो सोतेसीले भनेका छन्, ‘सात छोरा र तीन छोरीको जन्म भएको छ । मेरी श्रीमती ७ महिना ७ दिनको गर्भवती थिइन् । म खुशीसँगै भावुक भएको छु ।’

यसैबीच यतिबेला सितहोलले गिनिस वर्ल्ड रेकर्ड राखेको भनेर चर्चा चलेको छ । हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपल्ट जन्म भएको रेकर्ड थियो । सो रेकर्ड मालीयन हालिमा सिसेको नाममा छ । मोरोक्कोकी उनले गत महिना मात्र ९ सन्तानको जन्म दिएकी थिइन् । गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले यो समाचार सत्य भए सितहोलले नयाँ कीर्तिमान कायम गरेको बताएको छ । एनडीटीभी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७