सुदूरपश्चिमका मन्त्री सोडारीविरुद्ध प्रहरीमा जाहेरी


२६ जेष्ठ २०७८, बुधबार
Dirgha sodari

सुर्खेत, २६ जेठ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले मन्त्री सोडारीका विरुद्ध सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दिएको जानकारी दिए ।

मन्त्री सोडारीविरुद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले पुष्टि गरे । यद्यपी जाहेरी दर्ता भए–नभएकोबारे उनले अनविज्ञता प्रकट गरे ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालयमा गएको बेला कार्यकक्षभित्र मन्त्री सोडारीले हातपात गरेको सचिव रावलको आरोप छ ।यस्तै मन्त्री सोडारीले आफूले हातपात नगरेको दाबी गर्दै बरु रावलले चाहिँ आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

मन्त्री सोडारी एमालेमा माधव नेपाल समूहका नेता हुन भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन् । एमालेको ओली र नेपाल समूहबीचको विवाद सुदूरपश्चिममा चरम अवस्थामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७