प्रदेश-२ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसले पायो तीन मन्त्रालय


२७ जेष्ठ २०७८, बिहीबार
6459ea4e971023853c500f354ebfdc41 w1000 h500 cp

जनकपुरधाम, २७ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। बुधबार साँझ कांग्रेसका तीन सांसदलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

त्यसअघि उनले दलहरूबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १० पु¥याएका थिए । बुधबार नै मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी गराउने प्रयास गरेका थिए । तर, मन्त्रालयका विषयमा कुरा नमिल्दा बुधबार माओवादी सरकारमा गएन ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्मा ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले बुधबार नै प्रदेश प्रमुख राजेश झासमक्ष पद तथा गोपनीयताको शपथ लिए । नवनियुक्त मन्त्रीहरूमध्ये यादव धनुषा क्षेत्र नम्बर ३ को ‘क’बाट, सिंह सर्लाही क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने पर्साका शर्मा समानुपातिक सांसद भएका हुन् ।

बुधबार दिउँसो जसपाको उपेन्द्र यादव पक्ष र कांग्रेसबीच सरकारमा सहभागिताको विषयमा दुई बुँदे सहमति भएको थियो । सोही सहमतिपछि राउतले बुधबारै मन्त्रालयको संख्या बढाएर १० पुर्‍याएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७