पोर्चुगलले इजरायललाई ४ गोलले हरायो


२७ जेष्ठ २०७८, बिहीबार
thumb 3

काठमाडौं, २७ जेठ । ब्रुनो फर्नान्डेजले दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोका लागि एक गोलको अवसर पनि सिर्जना गरेपछि पोर्चुगलले बुधबार इजरायलमाथि ४–० जित निकालेको छ ।

युरो २०२० अगाडि डिफेन्डिङ च्याम्पियनको यो अन्तिम मैत्रीपूर्ण खेल हो । पोर्चुगलका लागि एक अर्को गोल जाओ कानसेलोले खेलको अन्त्यतिर गरे । पोर्चुगलले मंगलबार युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्दैछ । बुधबारको अर्को मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई समान ४–० ले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७