दुई दिनमा काठमाडौं महानगरमा १८ हजार पाँच सय बढीले लगाए खोप


२७ जेष्ठ २०७८, बिहीबार
28 Shares
korona khop jestha

काठमाडौं, २७ जेठ । काठमाडौं महानगर क्षेत्रभित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ जना सहभागी भएका छन् ।

पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । खोप अभियानको पहिलो दिन ८ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पहिलो दिन ४ हजार ४१९ पुरुष र ४ हजार ३२८ महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८९३ पुरुष र ४ हजार ९८४ महिला सहभागी भएको पनि विभागले जानकारी दिएको छ ।

ncll 2

‘दोस्रो दिन दोस्रो डोज लिन छुटेका थप ४७५ सहित ९ हजार ८४१ जना खोप कार्यक्रममा सहभागी भएका छन्,’ कुँवरले भने, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यज्युको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भइरहको छ ।’

jagdamba.cement

कुँवरले पाँच दिनमा एक लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको भन्दै सो समूहका सबै महानगर क्षेत्रभित्र बसोवास गर्ने सबै नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७