नेपाल–खनाल समूह छाडेका गणेश पहाडी मन्त्री बन्दै


२७ जेष्ठ २०७८, बिहीबार
84 Shares
ganes

काठमाडौं, २७ जेठ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह छाडेका गणेश पहाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने भएका छन् ।

उनलाई प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउन लागेका हुन् । सिन्धुलीबाट दुई पटक निर्वाचित पहाडी नेता योगेश भट्टराई निकट हुन् । पहाडी विद्यार्थीकालदेखि नै भट्टराईसँग निकट रहँदै आएका थिए । उनी एमाले विभाजन हुँदा माले पार्टीतर्फै गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पहाडी पछिल्लो समय मौन रहेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध मुद्दा दर्ता नगराउने नेपाल निकट तीन सांसदमध्ये एक हुन् । पहाडीको मन्त्रिपरिषदमा नियुक्तिसँगै एमालेभित्रको शक्ति संघर्षमा नयाँ ट्वीष्ट देखिएको छ । योगेश भट्टराई एमाले एकतामा सक्रिय छन् ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७