होण्डाको डिजेल कार नेपालमा, मूल्य ४१ लाख


१५ फाल्गुन २०७४, मंगलवार
car

काठमाण्डौं, १५ फागुन : होण्डा मोटर्सको अधिकृत विक्रेता स्याकर ट्रेडिङ कम्पनीले होण्डा डब्लुआर–भी (विनसम रनअबाउट भेहिकल) सार्वजनिक गरेको छ ।car

कम्पनीले उत्पादन गरेको भेरियन्टमध्ये डब्लुआर–भीमा अहिलेसम्मकै स्ट्याण्डर्ड फङ्सन रहेको जनाइएको छ । कम्पनीका अनुसार गाडीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), डुअल एआरएस(एप्लिकेसन एण्ड रिपोर्टीङ सिस्टम) फ्रन्ट एयरब्याग र इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन (इबिडी) फङ्सन रहेको छ । गाडीमा पुस बटन स्टार्ट, सनरुफ र रियर क्यामरा जडान गरिएको छ ।

४१ लाख २५ हजार रुपैयाँबाट शुरु रहेको उक्त गाडी खरिद गर्दा ग्राहकले मासिक ५१ हजार १ सय ६२ रुपैयाँ किस्ताको सुविधा पनि पाउन सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार ग्राहकले डब्लुआरभी प्रिमियम एम्बर मेटालिक, मोडर्न स्टिल मेटालिक अलाबास्टर सिल्भर मेटालिक, कार्ने्लियन रेड पर्ल, गोल्डेन ब्राउन मेटालिक र व्हाइट अर्चिड पर्ल लगायतका रङ्गमा खरिद गर्न सक्ने छन् । डब्लुआरभी होण्डाको पहिलो डिजेल भेरियन्ट गाडी रहेको कम्पनीले जनाएको छ । ग्राहकले पेट्रोल र डिजेल दुवै भेरियन्टको गाडी खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

१.२ लिटरको पेट्रोल इन्जिन युक्त गाडीमा १ सय १० एनएम टप टर्कसहित ८९ बिएचपी ( ९०.२ पिएस) पिक पावर रहेको छ। कम्पनीका अनुसार पेट्रोल भेरियन्टको उक्त गाडीमा पाँचवटा स्पिड गियर छन् । १.५ लिटर आइडीटेक डिजेल मोटरमा ९९ बिएचपी–१००.४ पिएस) पावर र २ सय एनएमको पिक टर्क रहेको छ । कम्पनीका अनुसार डिजेल भेरियन्टका गाडीमा छ वटा स्पिड गियर छन् । २५ सय २५ एमएम व्हिल बेस भएको डब्लुआरभी को लम्बाइ ३९ सय ९९ एमएम र चौडाइ १७सय ३४ एमएम रहेको छ भने उचाइ १६ सय १ एमएम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७