सेती अस्पतालमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि


२७ जेष्ठ २०७८, बिहीबार
Seti Hospital

कैलाली, २७ जेठ । कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १७९ नमुनाको परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म सो अस्पतालमा १७९ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

अस्पतालका अनुसार अहिले आईसीयुमा ९ र भेन्टीलेटरमा २ जना रहेको श्रेष्ठले बताए । उनले पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएको जानकारी दिए । त्यसमध्ये ४ जना निको भएका ३ जनाको संक्रमणबाट मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७