सप्तकोशीको खुवालुङ्ग ढुङ्गो संरक्षण गर्दै पर्यटकीयस्थल बनाउने प्रदेश सरकारको घोषणा (पूर्णपाठ)


२७ जेष्ठ २०७८, बिहीबार
khuwalung 1

विराटनगर, २७ जेठ । प्रदेश–१ सरकारले सप्तकोशी नदीमा रहेको खुवालुङ्ग ढुङ्गो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८–७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सप्तकोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यसको लागि बजेट समेत विनियोजन गरिएको थियो ।

तर, बिहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश–१ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जलाधार तथा जल पर्यटन सम्भाव्यता अध्ययन गरिने र खुवालुङको संरक्षण गर्दै ऐतिहासिक तथा धार्मिक क्षेत्र बनाइने घोषणा गरेका छन् ।

किराँतको धार्मिक तथा सांस्कतिक महत्वको विषयवस्तुको खोज, अनुसन्धान गर्ने पनि सरकारको कार्यक्रममा समेटिएको छ । अरुण सभ्यताको खोजी गर्ने र किराँत संस्कृतिको प्रवद्र्धन गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसअघि, खुवालुङ ढुंगोले पानीजहाज सञ्चालनमा अवरोध गरेको भन्दै हटाउने योजना बनेपछि स्थानीय रुपमै विरोध भएको थियो । विरोधपछि संघीय सरकार खुवालुङ फुटाउने अथवा हटाउने अभियानबाट पछि हटेको थियो ।
यस्तो छ नीति तथा कार्यक्रम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७