देशभरका यी ८३ अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने (सूचीसहित)


२७ जेष्ठ २०७८, बिहीबार
korona 1

काठमाडौं, २७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित विभिन्न निजी तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ ।
मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ । मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने र निःशुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो ।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने हुन्छ । ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा निःशुल्क उपचार हुन्छ,’ डा. अधिकारीले भने, ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ ।’

यी अस्पतालले कोभिड बिरामीलाई सामान्य रगत परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने, स्लाइन तथा सामान्य औषधि, बिरामीको शैंया शुल्क, खाजा तथा खाना, चिकित्सक तथा नर्सको राउण्ड र अक्सिजन निःशुल्क रुपमा दिनुपर्ने मन्त्रालयले जनाएको छ । तर रेम्डिसिभिर, प्लाज्मा थेरापी, सिटी स्क्यान र हायर एन्टिबायोटिक्स भने निशुल्क सेवा अन्तर्गत समावेश नभएको मन्त्रालयले जनाएको छ ।
यी हुन् निःशुल्क कोरोनाको उपचार हुने ८३ अस्पतालहरु

1 2
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७