मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, पक्षमा जम्मा २७ मत


२७ जेष्ठ २०७८, बिहीबार
prithivi

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् । बिहीबार गण्डकी प्रदेशसभामा भएको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत पर्‍यो भने विपक्षमा ३० मत परेको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका हुन् । योसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् ।

gandaki1 20210610115307

वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका सुब्बाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानको पालना गर्न मत लिन मंगलबार प्रदेशसभामा पत्र दिएका थिए ।

गुरुङ प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन् । माओवादी चैत २५ मा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा गरेका थिए । त्यसपछि २ वा २ भन्दा बढी दलको सरकार गठनका लागि भएको आह्वानमा कसैले बहुमत पुर्‍याउन नसकेपछि संविधानको धारा १६७ को ३ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७