गणेश लामा पोखरा लेकसाइडबाट पक्राउ


२७ जेष्ठ २०७८, बिहीबार
Ganesh lama don

पोखरा, २७ जेठ । गणेश लामालाई प्रहरीले पोखराको एक होटलबाट पक्राउ गरेको छ । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको हो ।

विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई लाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित भएका छन् । मनाङ्गेको मतले विपक्षीको सरकार बन्ने निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७