ठाकुर पक्षलाई सहमतिभन्दा पनि बढी मन्त्री


२८ जेष्ठ २०७८, शुक्रबार
kp oli mahantha rajendra

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् ।

यसबाट प्रधानमन्त्री केपी शर्मा ओली ठाकुर पक्षलाई निकै महत्व दिएको बुझिन्छ । ठाकुर पक्षसँग गरिएको सहमतिभन्दा पनि बढी मन्त्रालय ओलीले ठाकुरलाई दिएका छन् ।

पहिलो लटमा ठाकुर पक्षका ८ मन्त्री र २ राज्य मन्त्री भए । दोस्रो पटकमा राजकिशोर यादव मन्त्री भएका छन् । यसअघि, ठाकुर पक्षका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग गरेको सम्झौतामा ठाकुर पक्षले ८ मन्त्री र २ राज्य मन्त्री पाउने सहमति गरिएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७