नेपाल आज अस्ट्रेलियासँग भिड्दै


२८ जेष्ठ २०७८, शुक्रबार
nepal vs australia IZa4Z88rc9

काठमाडौं, २८ जेठ । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन सक्ने बताएका छन् ।

नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

समूह ’बी’ मा रहेको अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ । यसअघि नेपालले चाइनिज ताईपेलाई दुई–शून्य गोल अन्तरले हराएको थियो भने जोर्डनसँग तीन–शून्य अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७