नसालु पदार्थ खुवाएर १९ वर्षीया युवतीमाथि सामुहिक बलात्कार


२८ जेष्ठ २०७८, शुक्रबार
Rape for nayapage

कञ्चनपुर, २८ जेठ । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी एक १९ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ ।
धरमपुरस्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथि बिहीबार बलात्कार भएको हो । नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामुहिक बलात्कार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिएका छन् ।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेका थापाले बताएका छन् । ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौं, अर्काको खोजी भइरहेको छ’ डिएसपी थापाले भने ।

बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए । ‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने । बलात्कारमा परेकी भनिएकी युवती शारिरिक रुपमा अशक्त छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७