सरकारको प्रवक्ताको जिम्मेवारी नैनकला थापालाई

नैनकलालाई मन्त्री बनाएकोमा पूर्व माओवादी असन्तुष्ट


२८ जेष्ठ २०७८, शुक्रबार
nainakala thapa tLJ43nvv3J
sf7df8f}F, @& h]7 . gjlgo’Q ;~rf/ tyf ;”rgfk|ljlwdGqL g}gsnf yfkf laxLaf/ dGqfnodf :jfut sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M rGb|snf If]qL,/f;;

काठकाडमौं, २८ जेठ । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले प्रायः सञ्चार मन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीवार नै सञ्चार मन्त्रीमा नियुक्त भएकी हुन् । प्रधानमन्त्री ओलीले बिहीवार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन् । उनी निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुन् ।

नैनकलालाई मन्त्री बनाएकोमा पूर्व माओवादी असन्तुष्ट
केहि दिन पहिले गृहमन्त्री पदबाट बाहिरिएका रामबहादुर थापाले आफ्नै श्रीमती नैनकला थापालाई मन्त्री बनाएको भन्दै उनी पक्षका नेताहरु असन्तुष्ट बनेका छन् । पूर्व माओवादी खेमाको नेतृत्व गर्दै एमालेमा प्रवेश गरेका थापाले बिहीबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा नैनकलालाई समावेश गराउन सफल भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफलमा रहेका थापाले अन्य नेताहरुको कुरै नसुनी राजनीतिमा सक्रिय नरहेकी श्रीमतीलाई मन्त्री बनाएपछि सो गुटमा तरङ्ग पैदा भएको नेता नविन रोकामगरले बताए ।

‘यसले पार्टीमा तरङ्ग पैदा गरेको छ,’ रोकामगरले भने, ‘हाम्रो पूर्व माओवादीका नेता कार्यकर्ता असन्तुष्ट छन् । नेतृत्वले आफै डिल गरेर छलछाम गरेको देखियो ।’ अर्का एक नेताले थापा प्रचण्डकै बाटोमा हिँडेको आरोप लगाए । ‘हिजो प्रचण्डलाई परिवारवादको आरोप लगाउने बादल आफैले श्रीमतीभन्दा अरुलाई योग्य नदेख्नु दुःखद हो,’ ती नेताले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७