सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त


२८ जेष्ठ २०७८, शुक्रबार
Sunil Pokharel civil bank

काठमाडौं, २८ जेठ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन् । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो ।

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो । उनी २०७६ जेठ २ मा सिभिलको डेपुटी सीइओमा नियुक्त भएका थिए ।

उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ ।उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए ।त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे। नबिल बैंकमा एक वर्ष काम गरे । त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे । त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष बिताए । बैंकमा गरी ३० वर्ष काम गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७