राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त


२८ जेष्ठ २०७८, शुक्रबार
Krishna Thapa1620754708

काठमाडौं, २८ जेठ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न राजमो संसदीय दलले ह्वीप जारी गरेको थियो । तर थापाले ह्वीप उल्लंघन गर्दै तटस्थ बसेका थिए । थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो ।

यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए । एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले सभामुखलाई मन्त्रीको सहभागिता बिना बैठक चलाउन नसकिने बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७