नेपालमा पाइलट अभाव, एकैचोटी मागियो ४१ जना


१५ फाल्गुन २०७४, मंगलवार
airlines

काठमाण्डौं, १५ फागुन : पाइलट अभावका कारण जहाज उडाउन नसकेको आरोप खेप्दै आएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एकै पटक ४३ जना पाइलट माग गरेको छ ।airlines

निगममा पाइलट अभाव भएपछि हाल ैमात्र चीनबाट ल्याइएका दुई वटा जहाज उडान गराउन पनि समस्या भएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय उडानमा पनि यसको असर देखिन थालेको थियो । निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै सञ्चालनमा रहेका विभिन्न जहाजका लागि करारमा आवेदन माग गरेको हो । निगमले बढीमा दुई बर्षसम्मका लागि एयरबस ३३० का लागि ६ जना पाइलट माग गरेको छ । त्यस्तै एयरबस ३२० का लागि दुई बर्षसम्म ४ जना पाइलट, बोइङ ७५७ का लागि ६ महिनादेखि एक बर्षसम्म ६ जना पाइलटको आवेदन माग गरेको छ । अन्तर्राष्ट्रिय उडान बाहेक आन्तरिक उडानका लागि पनि निगमले करारमा पाइलट माग गरेको छ ।

बढीमा पाँच बर्षसम्म एमए ६० का लागि ४ जना, पाँच बर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ । त्यस्तै एयरबस ३३० र बोइङ ७५७ का लागि समान ६ जना को पाइलटको पनि निगमले आवेदन माग गरेको छ । इच्छुक व्यक्तिले उडान अनुमतिको लाइसेन्स, प्रमाणपत्र सहितको आवेदन इमेल गर्न सक्ने निगमले जनाएको छ ।Pilot Application

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७