एलोप्याथिक उपचार पद्धतिको विरोध गर्ने रामदेवले पनि लगाउने भए कोरोना खोप


२८ जेष्ठ २०७८, शुक्रबार
BABA RAMDEV

काठमाडौं, २८ जेठ । भारतका योग गुरु बाबा रामदेवले पनि कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । एलोप्याथिक उपचार पद्धतिको विरोध गरेका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले पनि अन्ततः कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।

रामवदेवले चाँडै कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जानकारी दिएको हो । यसअघि एलोप्याथिकलगायत आधुनिक उपचार पद्धतिको विरोध गर्दा रामदेवविरुद्ध विवादमा आएका थिए ।

भारतका चिकित्सकले उनीविरुद्ध देशव्यापी आन्दोलनै गर्दै कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । यहीबीच रामदेवले बिहीबार कोरोनाविरुद्ध खोप लगाउने घोषणा गरेको पीटीआईले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७