बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२८ जेष्ठ २०७८, शुक्रबार
gold

काठमाडौं, २८ जेठ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ उकालो लागेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९३ हजार ९०० रुपैयाँ थियो भने बुधबार ९४ हजार २०० थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले नै बढेर तोलाको ९४ हजार पुगेको महासंघले जनाएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार तोलाको १३ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार १३ सय ७० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७