सत्यमोहन जोशी बिरामी, किस्ट अस्पतालमा उपचार हुँदै


२८ जेष्ठ २०७८, शुक्रबार
satyamohan joshi in hospital 3 PyrVNtsNPM

काठमाडौं, २८ जेठ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका थिए ।

satyamohan joshi in hospital 1 ypbOpqfHkh

उनको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । ‘हाल स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको छ । अरु केही दिन उहाँलाई अस्पतालमै राखी उपचार जारी राखिनेछ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

जोशीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । १०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्रा. डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७