सभामुखले बोलाएको सर्वदलीय वैठक शुरु : शीर्ष नेता सहभागी, प्रधानमन्त्री गएनन्


२८ जेष्ठ २०७८, शुक्रबार
Sabhamukha Agni sapkota meeting

काठमाडौं, २८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय छलफल शुरु भएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्व प्रधानमन्त्रीको बैठक शुरु भएको हो ।

संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा शुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि उनी भने सहभागी भएका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुखले बोलाएको वैठकमा प्रधानमन्त्री सहभागी नहुने यसअघि नै स्पष्ट पारेका छन् ।

उनले सभामुखले वैठकका लागि प्रधानमन्त्रीलाई पत्र पठाउने नभई सल्लाह–छलपल गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीलाई वैठकमा बोलाउने सभामुखको तरिका सहि नभएको थापाले बताइसकेका छन् । सभामुख सापकोटाले पछिल्लो राजनीतिक अवस्थाका कारण उत्पन्न असहजताका विषयमा छलफल गर्न शीर्ष नेतालाई वैठकमा बोलाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७