१४ औं महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए पदाधिकारी बैठक


२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं, २८ जेठ । पार्टीको १४ औं महाधिवेशनबारे आवश्यक छलफल र निर्णयका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । समसामयिक राजनीतिक घटना क्रमको समीक्षा र १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

भोलि (शनिबार) दिउँसो २ बजे बूढानीलकण्ठस्थित देउवाको निवासमा पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले यसअघि तोकेको कार्यतालिकाअनुसार तल्लो तहको अधिवेशन एक सातापछि शुरु हुँदैछ । आगामी ७ भदौदेखि तीन दिनसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

संविधानको व्यवस्था बमोजिम विधान परिवर्तन गरेर महाधिवेशनको मिति तोकिएकाले महाधिवेशन भदौभन्दा पछिलाई सार्न मिल्ने अवस्था छैन । देउवाले पार्टीभित्रैबाट दबाब भएपछि भदौमै महाधिवेशन हुने प्रतिबद्धता जनाइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत बिहीबार आफ्नो पक्षको भेला गरेर तत्कालै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको थियो । तर, देउवाले केन्द्रीय समितिको सट्टा शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।

‘महाधिवेशन गर्नेपर्छ भन्नेमा अब दुई मत रहेन, त्यसैले शनिबारको बैठकबाट एउटा सहमतिको बिन्दुमा पुगेपछि तयारीलाई गति दिनुपर्ने हुन्छ,’ एक नेताले भने, ‘बैठकले साझा धारणा बनाउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७