पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्न मनाङेसहित वहुमत विपक्षी सांसद पुगे प्रदेश प्रमुख कार्यालय


२८ जेष्ठ २०७८, शुक्रबार
sarkar

पोखरा, २८ जेठ । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा दीपक मनाङ्गेसहित विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका दुई, जनता समाजवादी पार्टीका दुई सांसद रहेका छन् ।

5d20f90be184709a301a8dfec18f8a6d w1000 h500 cp

प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरू बहुमत सदस्यसहित प्रदेश प्रमुख सीता पौडेलको कार्यालयमा उपस्थित भएका हुन् । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री पदमा दाबी गर्न भोलि शनिबार ३ बजेसम्मको २४ घण्टे समय दिएकी छन् ।

उनले सो पदमा दाबी गर्न आज आह्वान गरेको केहि घण्टाभित्रै विपक्षी गठबन्धनले सो पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । विपक्षी गठबन्धनका सांसद प्रदेश सभाहलमा जम्मा भई एक–एक सांसद गनेर सँगसँगै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

Oppostion Gandaki1623410841

६० सदस्यीय प्रदेश सभाका बहुमत सदस्य उनको पक्षमा देखिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउँ भन्ने प्रस्तावमाथि बिहीबार प्रदेश सभामा मतदान भएको थियो । गुरुङको प्रस्तावमा बहुमत प्राप्त नभएपछि उनी स्वतः पदमुक्त भएका छन् । त्यसपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७