बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी (हस्ताक्षरको सूची)


प्रकाशित मिति : June 11, 2021

पोखरा, २८ जेठ । विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले सशरीर उपस्थित भएर दाबी पत्र बुझाएको हो ।

विपक्षी गठबन्धनका ३१ जना सांसद रहेका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेपछि उनीहरूले बहुमतसहित सरकारमा दाबी गरेका हुन् ।
हस्ताक्षरकर्ता सांसदहरु

प्रतिक्रिया दिनुहोस्