सचेत नभए व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भइरहेको छ : डा. बाबुराम भट्टराई


२८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले नेपालमा व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले नेपालको व्यवस्था उल्ट्याउन देशी–विदेशी शक्ति लागिपरेको बताएका छन् ।

‘संविधान मन नपराउने शक्ति यसमा खेलेका छन्’, उनले भने, ‘सचेत भएर अघि बढ्न सकेनौं भने व्यवस्था उल्ट्याई दिने तयारी भइरहेको छ ।’ उनले पटक–पटक भइरहेको संसद् विघटन पनि त्यसैको तयारी भएको बताएका छन् ।

‘पटक–पटक संसद् विघटन गरियो’, उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । त्यसमा खेल्ने ग्र्याण्ड डिजाइन भइरहेको छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले पछिल्ला केहि समययता नेपालमा व्यवस्था नै उल्टाउने षड्यन्त्र भइरहेको दोहो¥याउँदै आएका छन् । यस विषयमा आफले प्रधानमन्त्रीलाई सचेत गराउँदा समेत वेवास्ता भएको उनले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७