अस्ट्रेलियासँग नेपाल ३-० ले पराजित


२९ जेष्ठ २०७८, शनिबार
Nepal VS Australia

काठमाडौ, २८ जेठ : विश्वकप–२०२२ को एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । शुक्रबार कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको हो।

अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडबाट गोलको खाता खोलेका थिए । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे ।

मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको हो । बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।

जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ। पराजित नेपालको एशिया कपको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ।

नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ । अब नेपालले एसियाकप छनोटको तेस्रो चरण अथवा प्लेअफ खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७