बागमती प्रदेश सभामा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

न सभामुखले रोके, न कसैले नियमापत्ति गरे


२९ जेष्ठ २०७८, शनिबार
nn.jpg .2021 06 12

हेटौंडा, २९ जेठ । कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । वैद्यले शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध ‘नाथुराम गोड्से हुन तयार रहेको’ अभिव्यक्ति दिएका छन् । उनको उक्त विवादित र आपत्तिजनक अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

वैद्यले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाउन देशलाई बर्बाद बनाएको भन्दै नाथुराम गोड्सेको आवश्यक रहेको बताएका थिए । ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है,’ प्रदेश सभाको बैठकमा बोल्दै वैद्यले भनेका छन्, ‘त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक प¥यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

नाथुराम गोड्से महात्मा गान्धीका हत्याराका रूपमा चिनिन्छन् । वैद्यको उक्त अभिव्यक्तिपछि उनलाई कतिपयले आत्मआलोचना गर्न भनेका छन् भने कतिपयले तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । सत्तारुढ एमालेले यसलाई राजनीतिक मुद्दा बनाउने संकेत दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘सडकमा राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न’ भन्दै आत्मालोचना गर्न भनेका छन् । ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ प्रवक्ता शर्माले सामाजिक सञ्जालमा भनेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको समेत उल्लेख गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७