बिहे नै नगरी गर्भवती, गरियो नक्कली विवाह


१५ फाल्गुन २०७४, मंगलवार
girl

काठमाण्डौं, १५ फागुन : भियतनाममा भाडामा बेहुला र जन्ती लिएर बिहे गर्ने प्रचलन बढ्न थालेको छ ।girlभियतनाममा ‘लिभ इन रिलेशनसीप’ को प्रचलन बढ्दै गएको छ । यस्तो अवस्थामा कयौं युवती विवाह विना नै गर्भवती हुने गरेका छन् । सामाजिक तिरस्कारबाट जोगिनका लागि त्यस्ता युवतीले नक्कली विवाह गर्न थालेका हुन् । समाचार एजेन्सीहरुका अनुसार राजधानी हनोइसमेत विभिन्न सहरमा नक्कली विवाहको प्रचलन बढ्न थालेको छ ।

गर्भवती युवतीको विवाहका लागि बेहुला र जन्तीसमेत भाडामा लिने गरिएको छ । यस्तो विवाहका लागि पुरुषले समेत ठूलो परिमाणमा रकम लिने गरेको बताइन्छ । समाजमा नक्कली विवाहको बढ्दो प्रचलनका कारण केही कम्पनीसमेत यस्तो विवाहको सुविधा दिलाउन खुलेका छन् । ती कम्पनीमा गएर गर्भवती युवतीले निश्चित रकम तिरेपछि विवाहको सबै प्रवन्ध सोही कम्पनीले मिलाउने गरेको बताइन्छ ।

यहाँसम्म कि, सोही कम्पनीले बेहुला, जन्ती र अन्य आफन्तको समेत व्यवस्था मिलाउने गर्दछ ।
भियतनाममा विवाह अघि नै कुनै युवती आमा बनेको अवस्थामा उसलाई सामाजिक रुपमा तिरस्कार गरिन्छ । त्यसैले सामाजिक तिरष्कारबाट बच्न ठूलो परिमाणमा रहक खर्चिएर भए पनि विवाहको नाटक गर्नेहरुको संख्या बढेको हो । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७