तीन प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह


२९ जेष्ठ २०७८, शनिबार
rain

काठमाडौं, २९ जेठ । नेपालमा मनसुन भित्रिएको छ । हिजो (शुक्रबार) दिउँसोबाट नेपालमा मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजबाट नेपालमा मनसुन भित्रिएको हो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भई आज (शनिबार) बिहानदेखि थोरै स्थानहरुमा पानी परिरहेको मौसमविदले बताएका छन् ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

विभागका अनुसार आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

नेपालको पूर्वी भू–भागहरु प्रदेश–१, प्रदेश २ र वागमती प्रदेशमा भित्रिएको मनसुन एक–दुई दिनमै देशैभरी फैलिने विभागले जनाएको छ । आगामी सातासम्म मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७