विदेशमा रहेका १२ लाख चिनियाँले लगाए कोरोनाविरुद्धको खोप


२९ जेष्ठ २०७८, शनिबार
khop 1

काठमाडौं, २९ जेठ । चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई कोरोना विरुद्धको खोप लगाईएको जनाएको छ ।

लगभग १५० वटा मुलुकमा रहेका झण्डै १२ लाख चिनियाँहरुलाई कोरोनाविरुद्धको चिनियाँ खोप लगाइएको हो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ पिनले हिजो नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गरे ।

यस बाहेक चीन सरकारले हालसम्म आफ्नो मुलुकमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुलाई चिनियाँ खोप लगाएको छ । चीनमा बसेका विदेशीहरुको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेर मापदण्ड पूरा गरेका थप विदेशीहरूलाई पनि चिनियाँ खोप लगाउने योजना छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७