आवेशमा आएर बोलें, आत्मालोचित छु : नरोत्तम वैद्य


२९ जेष्ठ २०७८, शनिबार
1699f876fa263ae861a4645fac17d453 w1000 h500 cp

काठमाडौं, २९ जेठ । वागमती प्रदेश सभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । आज (शनिबार) प्रदेश सभाको बैठक शुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्या हिांंमा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् । उनले दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध र आलोचना भइरहेको छ ।

यसअघि शुक्रवार उहाले प्रधानमन्त्री ओलीले सत्ता बचाउन विभिन्न क्रियाकलाप गरेको भन्दै प्रदेश सभामा ’कोही नाथुराम गोड्से बन्नुपर्ने’ धारणा राखेका थिए । वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने मान्छे भएको तर ओलीको खतरनाक प्रवृत्तिको विरुद्ध आफूले अभिव्यक्ति दिएको तर आवेशमा आएर ती शब्दहरु बोलेको तर्क गरे ।

वैद्यले आफूले बोलेको कुरा कुटनीतिक संसदीय मर्यादा विपरित रहेको समेत स्वीकार गरे । बैद्यले प्रदेशसभा बैठकमा आत्मआलोचना गरेपछि सभामुख सानुकुमार श्रेष्ठले वैद्यको धारणा रेकर्डबाट हटाउन आदेश दिएको थियो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७