ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण


२९ जेष्ठ २०७८, शनिबार
980f92219330f54dfd5c91f243e1f498 w1000 h500 cp

सुर्खेत, २९ जेठ । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शाहीको समूहमाथि वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा शनिबार राति आक्रमण भएको हो । प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो ।

शाहीले एक युवामा टाउकोमा चोट लागेको भिडिओ फेसवुकमा पोष्ट गरेका छन् । उनले रुँदै उनको प्राथमिक उपचार गरेको भिडियोमा देख्न सकिन्छ ।

शाहीले फेसवुकमा आफूहसकित कृष्ण पाण्डे, राजेश महत, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका छन् । आफ्नो समूहलाई योजनावद्ध रुपमा आक्रमण भएको शाहीले बताएका छन् । घाइते अवस्थामा प्रहरीले उपचार गर्न नल्याएर सोधपुछ गर्न थालेको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७