माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु


२९ जेष्ठ २०७८, शनिबार
42 Shares
current

सुनसरी, २९ जेठ । माछा मार्ने क्रममा करेन्ट लागेर सुनसरीको इटहरीका एक दम्पतीको ज्यान गएको छ । उदयपुरको रौता गाउँपालिका घर भई इटहरी २० तरहरामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमती २२ वर्षीया सर्मिला राईको मृत्यु भएको हो ।

इटहरी वडा नं. १९ र २० को सीमानामा पर्ने खर्साला खोलामा करेन्टको प्रयोग गरी माछा मार्न खोज्दा मृत्यु भएको हो । स्थानीय फनिर्चर उद्योगमा काम गर्दै आएका उनीहरु रातको समयमा ३ वर्षकी छोरी सुताएर माछा मार्न घरबाट निस्केको वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुवैको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७