सांसद कुट्ने मंगोलियाका राष्ट्रपतिको प्रचलित उपनाम बन्यो ‘मुक्का’


२९ जेष्ठ २०७८, शनिबार
54e372d0d8ab9e33ccd2e208fa9e4cd8 w1000 h500 cp

काठमाडौं, २९ जेठ । मंगोलियाका नव नियुक्त राष्ट्रपति खुरेलसुख उखना शारीरिक रुपमा बलिया व्यक्ति हुन् । उनले रुसका राष्ट्रपति भ्लादमिर पुटिनले जस्तै बिना टिसर्ट घोड सवार गरेर साथै बन्दुक बोकेर तस्बिरहरु खिचाएका छन् ।

यतिबेला उनलाई देशमा सबैले ‘मुक्का’ भनेर चिन्न थालेका छन् । वास्तवमा सन् २०१२ मा एक सांसदलाई मुक्काले हिर्काएपछि उनलाई त्यसयता मुक्का उपनामबाट चिन्ने गरिएको छ ।

उनी देशको पूर्व प्रधानमन्त्री समेत हुन् । राष्ट्रपतिको निर्वाचनमा हालै ७० प्रतिशत मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । सन् २०१२ मा सांसदलाई मुक्का हानेका उनले त्यसयता आफ्नो छवी सुधार्ने प्रयत्न गरिरहेका छन् । तर पनि मानिसहरु उनलाई ‘मुक्का’ को उपनामले चिन्दछन् ।

राष्ट्रपतिमा निर्वाचित उनले हालै आफूले देशको समृद्धिका लागि काम गर्ने प्रतिवद्धता जनाउँदै सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । एससीएमपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७