गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको फेरि दाबी, महन्थ पक्ष र कृष्ण थापाको समर्थन


२९ जेष्ठ २०७८, शनिबार
prithivi subba gurung
फाइल फोटो

पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले फेरि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

जसपा महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र केन्द्रबाट पठाएको थियो । शुक्रबार नै महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र पठाएको ठाकुर निकट एक नेताले जानकारी दिएका छन् । गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज ३ बजेसम्मको समय दिएकी थिइन् । विपक्षी गठबन्धनका नेता सपथका लागि प्रदेश प्रमुखको निम्तो पर्खेर बसेको भए पनि आफैले दिएको समय सीमाभित्र प्रदेश प्रमुखले सरकार गठनको प्रक्रिया नै अघि बढाइनन् । प्रदेश प्रमुखले सरकार गठनको प्रक्रिया अघि नबढाएपछि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७