जनमोर्चाकी सचेतक थापा भन्छिन्–बर्खास्त सांसदको पत्र लिनु संवैधानिक अपराध


२९ जेष्ठ २०७८, शनिबार
piyari thapa
{“caption”:”u0930u093eu0937u094du091fu094du0930u093fu092f u091cu0928u092eu094bu0930u094du091au093eu0915u0940 u0938u093eu0902u0938u0926 u092au093fu092fu093eu0930u0940 u0925u093eu092au093e u0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं, २९ जेठ । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशकी सचेतक पियारी थापाले गण्डकी प्रदेशमा संवैधानिक अपराध भएको बताएकी छन् ।

सांसद र पार्टीबाट बर्खास्त व्यक्तिको समर्थनमा पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दावी पेस गर्नु संवैधानिक अपराध हुने उनले बताएकी छिन् । गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षको पत्र पेश गर्दै दाबी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेको उनले बताएकी छिन् । बर्खास्त भएको सांसदको पत्र लिनु संवैधानिक अपराध भएको उनले बताइन् । मुलुकमा एक खालको प्रतिगन लादेर यो प्रदेशमा त्यही खालको गतिविधि बढाइएको उनले बताइन् । २७ गते सदनमा मुख्यमन्त्री गुरुङले विश्वासको मत गुमाएका थिए ।

त्यसपछि प्रदेश प्रखुम सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन्। शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर आज मुख्यमन्त्रीमा गुरुङको पनि दाबी पेश गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७