गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त


२९ जेष्ठ २०७८, शनिबार
Krishna Chandra Nepali 1024x601 1

पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको सूचना प्रदेश सचिवले दिएको पोखरेलले दिए । पोखरेलसहितका ३१ सांसद अहिले प्रदेश प्रमुखको निवास अगाडि छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते सदनमा विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रखुम सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । गुरुङले पनि जनमोर्चाका बर्खास्त सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको पत्र लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७