गण्डकी प्रदेश : मुख्यमन्त्री पोखरेलसहित चार मन्त्रीले सपथ लिंदै

मन्त्रिमण्डलमा दीपक मनाङ्गे, हरिशरण आचार्य, मधुमाया अधिकारी


२९ जेष्ठ २०७८, शनिबार
krishna chandra 2

पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा दीपक मनाङे (राजीव) सहित तीन जनालाई आजै मन्त्री नियुक्तिको तयारी गरिएको छ ।
नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै मन्त्रिपरिषद गठनको तयारी अगाडि बढाएका हुन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपालीलाई केहीबेरपछि शपथको तयारी भएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार मुख्यमन्त्रीसहित चार जनालाई आजै मन्त्रीमा शपथको तयारी छ । मन्त्रिमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) जाने भएका छन् ।

उनीहरुको मन्त्रालय टुंगो लागेको छैन । मुख्यमन्त्रीसहित मन्त्रीहरुको शपथको तयारी बेलुका साढे सात बजे गरिएको जनाइएको छ ।
मनाङेले समर्थन गरेकै कारण गण्डकीमा नयाँ सरकार गठन सम्भव भएकाले उनलाई शुरुमै मन्त्री बनाउन लागिएको एक नेताले जानकारी दिएका छन् ।

उनलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना छ । १६ जेठमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए । मन्त्रीको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमै छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा जाने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७