यातायात श्रमिकलाई तत्काल खाद्यान्न सहयोग गर्न माग


२९ जेष्ठ २०७८, शनिबार
bhimjuwla rai and nabraj ghimire

काठमाडौ, २९ जेठ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात क्षेत्रको श्रमिकलाई तत्काल खाद्यान्न सहयोग गर्न माग गरेको छ । संगठनको केन्द्रीय कमिटी बैठकले शनिबार सरकारसँग श्रमिकलाई तत्काल खाद्यान्न सहयोग गर्न माग गरेको हो।

लामो समयदेखि जारी निशेधाज्ञाका कारणा रोजगारी गुमाएका यातायात श्रमिक र उनीहरुका आश्रित परिवार आधारभूत आवश्यक्ताबाट (खाद्यान्न तथा आवास) वञ्चित हुनुपरेको संगठनका अध्यक्ष भीम ज्वाला राई तथा महासचिव नवराज घिमिरेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

निषेधाज्ञाले शतप्रतिशत निजी लगानी रहेको यातायात क्षेत्र र यसमा आवद्ध श्रमिक प्रभावित भएको र सरकारले वास्ता नगरेको संगठनले जनाएको छ। बैठकले श्रमिकलाई खोपको व्यवस्था गर्दै, स्वास्थ्य मापदण्ड तोकेर काम गर्ने वातावरण बनाउन पनि माग गरेको छ।

यसैगरी संगठनले कोभिडका संक्रमितहरुलाई उचित उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेता, कार्यकर्ता तथा सदस्यहरु मध्ये २५ जनाको ज्यान गईसकेको र १ सय ९२ जना कोरोना संक्रमित भएको भन्दै हालसम्ममा ११ लाख यातायात श्रमिकहरु मध्ये ५७ जनाको मृत्य भएको र ५ सय ११ जना कोरोना संक्रमित भएको संगठनले जनाएको छ ।

यातायात श्रमिक तथा स्वरोजगारहरु तथा व्यवसायीहरु यो महामारीका कारण अतिप्रभावित भएको भन्दै यसबाट पार पाउन श्रमिक तथा रुवरोजगारहरुलाई राहत वा कर्जा सहुलियतको व्यवस्था गर्न, यातायात क्षेत्रको पुनस्र्थापनाका लागि प्याकेज घोषणा गर्न पनि माग गरेको छ ।

यातायात क्षेत्रमा ११ लाख श्रमिक छन् लामो समयदेखिको निषेधाज्ञाका कारण रोजगारी गुमाएका यातायात श्रमिकलाई दैनिक गुजारा चलाउनसमेत समस्या रहेको संगठनले जनाएको छ। यस्ता श्रमिकलाई तत्काल खाद्यान्न सहयोग गर्न उनीहरूको माग छ ।

विज्ञप्ती

  • yatayat majdur sanghatan 1
  • yatayat majdur sanghatan 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७